त्रिशुली नदिमा भइरहेको अवैध दोहनमा प्रहरीको मिलेमतो, जनप्रनिधि मौन।

कतै दोहन नभएको नुवाकोट प्रहरी प्रमुखको दावी ।

  • कार्तिक २०, २०७६
  • कालापानी मिडिया
alt

नुवाकोट,
नुवाकोट जिल्लाको कोल्फुखोलाको व्यापक दोहन भईरहेको छ । नुवाकोट जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित कोल्फुखोला दोहन भएको स्थानीयको भनाइ छ । कोल्फुुखोलाको अबैध दोहनमा स्थानीय प्रहरीको मिलेमतो भइरहदा समेत स्थानीय जनप्रतिनिधि मौन बसेकाले मोटो रकमको चलखेल भएको स्थानीयको आरोप छ । आफुलाई सत्तारुढ नेकपाको कार्यकर्ता बताउने भिमसेन विडारी र अनुज पुडासैनीले नुवाकोट जिल्लाको कोल्फुखोलाको किनारामा अवैध रुपमा बालुवा उत्खन्न कार्य तीब्र रुपमा सञ्चालन गरेका छन् । कुमरीलाई जिल्लामा माओवादीको प्रभाव क्षेत्र मानिन्छ ।
माओवादी नेताहरुको आडमा सत्ता र शक्तिको दुरुपयोग गर्दै अवैध कार्य जारी राखेको स्थानीय जनताको आरोप छ ।

स्थानीयले हामीसंगको टेलिफोन सम्पर्कमा भने, कोल्फु खोलाको ठूलोे बगर क्षेत्रमा अवैध बालुवा उत्खन्न् भईरहँदा नगरपालिका र प्रहरीको नियमनकारी निकाय मौन छ । यो मिलेर खाने दाउ हो । उनको भनाइ थियो ।
बेल्कोटगढी नगरपालिले यो बर्ष अबैध रुपमा उत्खनन गरेको नदीजन्य पदार्थको लिलामी बिक्रिको सुचना जारी गरेको भए पनि यस क्षेत्रमा तस्करलाई सुनपानी छर्कर्ने उपायको रुपमा लिलामिलाई स्थानीयले लिएका छन् ।

यो बर्ष नगरपालिकाले नगर क्षेत्रको कोल्फुखोला र त्रिशुली नदी किनारमा रहेका अबैध बालुवा उत्खनन्लाई लिलामी बिक्रिको बोलपत्र आब्हान गरिए पनि कुमरी क्षेत्रमा भएको अवैध उत्खनन् बारे नगरपालिका र प्रहरी मौन रहनुलाई मिलेमतो भएको स्थानीयको आरोप छ । नगरपालिकाले अधिक मात्रामा नदी दोहन गर्नेहरुलाई राजनीतिक आस्था र पहुँचको आधारमा छुट दिएको उनिरुको गुनासो छ ।
अन्य क्षेत्रका व्यापारीलाई लिलामी र करको हैरानी तर कुमरी र कोल्फु खोलाको व्यापारीलाई छुट किन भन्ने प्रश्नको जवाफमा, उनले बालुवा व्यापारीहरुलाई राज्यले करको दायरामा ल्याएकोले उनीहरुले निर्वाधरुपमा व्यापार व्यवासाय गर्न पाउनु पर्ने जिकीर नगरपालिकाको छ।
यसविषयमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुर्ख एसर्पी अभिनारायण काफ्लेले भने, आफु नुवाकोटमा प्रहरी प्रमुख भए यता अर्थात, साउन देखी यता कुनै पनि खोलामा दोहन नभएको दावी गरे । उनले कतै नदि दोहन गरेको सुचना आएमा कावार्ही गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

चार प्रदेशका पहाडी भ ...

​काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved