सांसद रेग्मीको प्रश्न- मृत्यु अगाडी संक्रमितको उपचार किन भएन ?

  • जेठ ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद उमा रेग्मीले नीति तथा कार्यक्रम समय सान्दर्भिक नभएको बताएकी छिन् । उनले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको नीति तथा कार्यक्रममा हावादारी गफ मात्रै भएको तर यतिवेलाको महामारीलाई नियन्त्रण गर्ने र जनतालाई राहत पुग्ने कुनै कार्ययोजना नभएको भन्दै असान्दर्भिक, भद्दा भएको वताएकी हुन् ।

उनले क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको, कोरोना लागेको छ भनेर किन भन्न सकेन भनेर सरकारलाई प्रश्न गरिन । उनले महामारीको पिडामा डुबेका जनतालाई एक डाडु तेल बाटेर राहत दिएको भन्ने सरकारले जनतालाई भोकै बस्न नदिने भन्ने आस्वासनको जनताले कसरी विश्वास गर्ने उनको प्रश्न थियो ।

उनले प्रश्न गरिन्,   ''भारतबाट सिमामा आएकाहरु नेपाल आउने भनेर रोइरहेका छन् । उनिहरुको रोदन किन सुन्दैन सरकार ? । उनिहरुकालागि स्वदेशमा ल्याएर कहाँ राख्ने ? उनिहरुको उद्धार कसरी गर्ने ? कसरी व्यवस्थापन गर्ने ? उनिहरुकालागि सरकारको निति तथा कायक्रममा कुनै सहानुभुति र संबेदना किन ल्याइएन ? अनि सरकार निर्मला हत्याकाण्डको छानविन गरेर हत्यारा पत्ता लाउन नसक्ने सरकारले हिंसाको कुरा गर्न लाज लाग्दैन भन्दै प्रश्न गरिन ।, ''

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved