कोरोनाको संकट सामाधानका लागि एकतावद्ध भएर प्रयास गरौं–मुख्यमन्त्री शाही

  • जेठ ५, २०७७
  • कालापानी मिडिया
alt

भिम पौडल, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोनाको संकट सामाधानका लागि एकतावद्ध प्रयास आवश्यक भएको वताएका छन् ।

लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका उद्योग वाणिज्य संघ सुर्खेतका प्रतिनिधिहरुलाई कोरोनाले निम्त्याएको समस्याका सामु अरु समस्या गौण रहेको मुख्यमन्त्री शाहीले वताएका हुन् । विश्वव्यापी संकटका रुपमा देखिएको कोरोनाका विरुद्ध सरकार सवै शक्तिका साथ लडिरहेको वताउदै सवै क्षेत्रको सहयोग आवश्यक रहेको मुख्यमन्त्री शाहीको भनाई छ ।98175367_1377789789076761_1602621764662198272_n

अत्यावश्यक सामाग्रीको आपुर्ति वाहेकका अन्य व्यापार व्यवसाय तत्कालका लागि सञ्चालन गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको जीवन सुरक्षा नै सरकारको प्राथमिक दायित्व भएको वताए । उनले भने, ‘अहिले हामीले निकै नै संकटपूर्ण अवस्था भोगिरहेका छौं, संकट व्यवस्थापनका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु सवै नागरिकको कर्तव्य हो ।’
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र वजेटको तयारी गरिरहेको वताउदै अहिलेको अवस्थामा सरकारले लिने नीतिका सम्वन्धमा नीजि क्षेत्रको सुझाव दिन आग्रह गरे ।98178362_1295178410675079_2352117038400405504_n

‘कर्णालीको वस्तुगत अवस्थामा टेकेर पारदर्शी रुपमा आगामी नीति कार्यक्रम र वजेट निर्माण गर्ने सरकार सोच छ ।’ उद्योग वाणिज्य संघका प्रतिनिधिसंग मुख्यमन्त्री शाहीले भने, ‘अहिलेको संकटले नीजि क्षेत्रलाई पारेको असर सम्वोधन कसरी गर्न सकिन्छ रु तपाईहरुको सुझाव सरकारलाई चाहिएको छ ।’ मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि नीजि क्षेत्रको सहभागिता अनिवार्य रहेको भन्दै विकास र समृद्धिको अभियानमा नीजि क्षेत्रलाई पनि संगै लिईने वताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved