लकडाउन उलंघन गर्ने १ सय १० वटा सवारी साधन नियन्त्रणमा

  • जेठ ९, २०७७
  • कालापानी मिडिया
alt

डिवि खड्का, गुल्मी । गुल्मीमा लकडाउन उल्लंघन गर्ने १ सय १० वटा सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसका कारण चैत ११ गतेदेखि लागू गरिएको लकडाउन उल्लंघन गर्ने १ सय १० वटा सवारीसाधन नियन्त्रणमा लिएको र ८६ सवारीसाधनलाई कारबाही गरिएको तथा अन्यलाई सम्झाई बुझाई गरि छोडिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका कार्यालय प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।

लकडाउन उल्लंघन गर्नेमा सबैभन्द धेरै मोटरसाइकल रहेका छन् । ६७ वटा मोटरसाइकल कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले उल्लेख गरेको छ । त्यस्तै जिप तथा कार १२ वटा, ट्रक दुई तथा ५ वटा ट्र्याक्टर रहेका छन् ।

जसबाट ५४ हजार ५ सय राजस्व जुटेको ट्राफिक प्रमुख श्रेष्ठले बताए । त्यस्तै लकडाउनको अवधीभर गुल्मीमा दुई वटा सवारी साधन दुर्घटनामा परेका छन् भने एक जनाको ज्यान समेत गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved