३१औं राप्रपा स्थापना दिवसमा राप्रपा अध्यक्ष कमल थापाले दिए शुभकामना सन्देश

  • जेठ १५, २०७७
  • कालापानी मिडिया
alt


काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१औं स्थापना दिवश । यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एक शुभकमना सन्देश दिएका छन् । अध्यक्ष थापाले दिएको शुभकामना सन्देश जस्ताको तस्तै ।

आदरणिय दाजुभाइ तथा दिदी बहिनीहरु !

आजको दिनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० बर्ष पुरा गरि ३१ औं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा राप्रपालाई माया गर्नुहुने देश बिदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरुमा सादर आभार व्यक्त गर्दछु ।

पार्टीका संस्थापक नेताहरु तथा पार्टीको आदर्श प्रति प्रतिबद्ध रहेकै कारण शहादत प्राप्त गरेका महान शहीदहरु प्रति हार्दिक अभिनन्दन तथा श्रद्धांजली अर्पण गर्दछु ।

अनेकौ उतारचढावको वावजुद कत्तिपनि विचलित नभई पार्टीलाई वर्तमान अवस्था सम्म ल्याउन योगदान पुराउन क्रियाशील पार्टीका साथीहरुमा हार्दिक बधाई तथा शुभकामना दिन्छु ।

स्थापनाकालदेखि पटकपटक टुटफुटको श्रृंखलाबाट गुज्रेको राप्रपा अब कहिल्यै नफुटने बाचाबन्धन सहित एकताबद्ध भएको छ ।

देशलाई अहिले एउटा बलियो वैकल्पिक शक्तिको आबश्यकता रहेको छ । यस्तो शक्ति जो राष्ट्रवादी होस्, जसले मन वचन र कर्मले प्रजातन्त्रमा बिश्वास गरोस् अनि नेपाली जनताको चाहना अनुरुप सुशासन र सम्बृद्ध प्रदान गर्न सकोस् । कतिपयलाई तितो लाग्न सक्छ, तर यस्तो विकल्प बन्न सक्ने योग्यता र क्षमता राप्रपामा मात्र छ । राप्रपा रहेको फरक बिचार, देशव्यापि संगठन र अग्निपरिक्षाबाट उतिर्ण नेतृत्वको कारण राप्रपा देशले चाहेको वैकल्पिक शक्ति बन्न सक्दछ ।

यो धरातलिय यथार्थलाई हृदयंगम गर्दै आगामि दिनमा सक्रिय रुपले संगठन निर्माण र जनताको बिश्वास जित्ने काममा लाग्न आजको दिनमा म सम्पूर्ण पार्टीका साथीहरुमा आह्वान गर्दछु । राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्ने अभिभारा अब हाम्रो हो ।

विगतमा हामीबाट केही गंभीर त्रुटि र कमजोरिहरु भएका छन् । हामीले त्यसबाट पाठ सिकेका छौं । अब गल्ति दोहरिने छैनन् । त्यसर्थ आगामि दिनमा राप्रपालाई बिश्वास गर्न, भरोसा गर्न र माया गर्नम नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा अपिल समेत गर्दछु।

२०७७ जेठ १५
(कमल थापा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved