ट्रम्पको पोस्टलाई लिएर फेसबुकका प्रमुख जुकरबर्गको आलोचना

  • जेठ २१, २०७७
  • कालापानी मिडिया
alt

सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हिंसालाई ‘प्रोसाहित्त’ गर्ने खालको पोस्ट नहटाएर ‘खतरनाक उदहारण’ प्रस्तुत गरेको भन्दै नागरिक अधिकारीका अगुवाले आलोचना गरेका छन् ।

ट्वीटरले चेतावनी सूचक राखेर हाइड गरेको ट्रम्पको ट्वीटमै रहेको व्यहोरासहितको पोस्ट भने फेसबुकले हाइड गरेको वा हटाएको छैन ।

प्रहरी हिरासतमा अश्वेत निहत्था व्यक्ति जर्ज फ्लोइडको निधन भएपछि रंगभेद विरुद्ध अमेरिकाभर प्रदर्शन भइरहेको छ । एक सातादेखि जारी प्रदर्शन केही स्थानमा हिंसात्मक पनि बनेको छ र केही ठाउँमा लुटपाट तथा तोडफोड भएका छन् ।

ट्रम्पले आन्दोलन दबाउन हरसम्भव प्रयास गर्ने सार्वजनिक रुपमै घोषणा गरेका छन् । उनले सेना परिचालन गर्ने चेतावनी पनि दिएका छन् ।

ट्रम्पले चेतावनीको भाषामा फेसबुकमा ‘ह्वेन लुटिङ्ग स्टार्ट्स, द सुटिङ्ग स्टार्ट्स’ अर्थात जब लुट सुरु हुन्छ, तब सुट ९गोली० पनि सुरु हुन्छ भनेर पोस्ट गरेका छन् । सोही व्यहोराको ट्वीटले हिंसालाई ‘ग्लोरीफाइ’ गरेको भन्दै ट्वीटरले हाइड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved