चोटग्रस्त टेनिस खेलाडी फेडरर यो बर्ष पूरा सिजन बाहिर रहने निश्चित, अर्को वर्षको पहिलो सिजनमै खेलमा फर्किने विश्वास

  • जेठ २९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । रोजर फेडेररले चोटका कारण यस बर्षको पूरा सिजन बाहिर रहने भएका छन् ।
खुट्टाको चोटका कारण फेडेरर यस बर्षको बाँकी सिजन कोर्ट बाहिर रहने पक्का भएको हो ।

२० पटकका ग्रान्डस्लाम विजेताले गत फेब्रुअरीमा शल्यक्रिया गरेका थिए । पुर्नस्थापनाको क्रममा रहेका फेडेररले आफुलाई चोटको महशुश भएको बताएका छन् । कोरोना भाईरसका कारण व्यवसायीक टेनिस मार्चबाट स्थगित अवस्थामा रहेको छ ।

सन् २०२१ को सुरुवातमा कोर्टमा फर्कन आफू उत्सुक रहेको फेडररको भनाइ छ । जनवरीमा अष्ट्रेलियन ओपनको सेमिफाईनलमा नोभाक जोकोभिचसंग पराजित भएपछि फेडेरर खेलमा देखिएका छैनन् ।

चोटका कारण उनले सन् २०१६ को सिजनका अधिकांश खेल गुमाउन पुगेका थिए । चोटबाट फर्किएपछि फेडेररले अष्ट्रेलियन ओपन र विम्वल्डन ओपन टेनिस जितेका थिए । उनले बुधबार ट्वीटरमा लेख्दै पुर्नस्थापनाको क्रममा नराम्रो झट्का महशुश भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved