संसदमा बोल्न नदिएपछि सरिता गिरी बाहीरिइन्

  • जेठ ३१, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसद सचिवालयमा पेश गरेको संशोधन फिर्ता नलिने अडान पार्टी संसदीय दलको बैठकमा लिएको पाइएको छ ।


आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले संशोधन फिर्ता लिन आग्रह गरेपछि उनले फिर्ता नलिने अडान दोहोर्याएको सांसद प्रदीप यादवले बताए । संविधानको अनुसूची ३ को बारेमा संसदमा छलफल भयो भने मात्र फिर्ता लिने नत्र नलिने उनले बैठकमा कुरा राखेकी थिइन् ।

लगत्तै नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि प्रतिनिधिसभामा प्रस्तुत गरिएको संविधान संशोधन विधेयकमा मतदान गर्न संसदीय दलले ह्रीप जारी गरेपछि सरिता गिरी बैठक छाडेर हिँडेकी थिइन् । उनी आफ्नो संशोधनको बारेमा संसदमै जवाफ दिने भन्दै बैठकबाट बाहिरिएकी थिइन् ।

तर, बैठकमा सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गरिएन भने पार्टीप्रति नराम्रो सन्देश जाने भन्दै राष्ट्रिय अखण्डताका लागि एकजुट भएर मतदान गर्न उपेन्द्र यादवले बैठकमा आग्रह गरेका थिए । उनले राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा पार्टीलाई एकजुट हुन आह्वान गर्दा सांसद सरिता गिरीले फेरि पनि संविधानको अनुसूची ३ मा बहसको माग गरेकी थिइन् ।

सरिता गिरी उठेर गएपछि समाजवादी पार्टी संसदीय दलले सभामुखलाई पत्र लेखेर सांसद गिरीले संसद सचिवालयमा पेस गरेको विधेयक अस्वीकृत गर्न आग्रह गरेको थियो । सोहीअनुसार उनको संशोधन प्रस्ताव अस्वीकृत भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved