अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुवानी अभियानले पोष्ट गरेको बिज्ञापन फेसबुकले हटायो

कम्युनिष्ट सहितका विपक्षीलाई इंगित गरेको आरोप

  • असार ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले पोस्ट गरेको एउटा विज्ञापन हटाएको छ ।

नाजी जर्मनीमा प्रयोग हुने संकेत प्रयोग भएको ट्रम्पको चुनावी विज्ञापन हटाएको फेसबुकले जनाएको हो । ट्रम्पको चुनावी अभियानको विज्ञापनमा प्रयोग भएको रातो त्रिकोण नाजीले कम्युनिष्टसहितका आफ्ना विपक्षीलाई इंगिद गर्न प्रयोग गर्ने संकेतसँग मिलेको फेसबुकले जनाएको छ ।

तर ट्रम्पको चुनावी अभियानले फार लेफ्ट एक्टिभिस्ट ग्रुप एनटिफालाई संकेत गर्न सो त्रिकोण प्रयोग गरेको दाबी गरेको छ । एनटिफाले सो रातो त्रिकोण प्रयोग गर्छ । विज्ञापनले संस्थागत रुपमै घृणा फैलाउन खोजेको आरोप फेसबुकको छ । आफ्नो नीति विरुद्ध भएकाले विज्ञापन हटाइएको उसको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved