इङ्लीस प्रिमियर लिगमा ब्राइटनद्वारा आर्सनल २–१ गोल अन्तरले पराजित

वुल्भ्स र क्रिष्टल प्यालेस आ–आफनो खेलमा विजयी

  • असार ७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत पछिल्लो खेलमा आर्सनल स्तब्ध भएको छ । अवे मैदानमा भएको खेलमा इन्जुरी समयको गोलले आर्सनल ब्राइटनसँग पराजित भएको हो ।

घरेलु टोली ब्राइटन सुरुमा पछि परेर पनि २-१ को जित निकाल्न सफल भयो । पहिलो हाफमा दुवै तर्फबाट गोल नभएको खेलमा ६८ औँ मिनेटमा निकोलास पेपेले आर्सनलका लागि गोल गरे । ७५ औँ मिनेटमा लुइस डंकले ब्राइटनका लागि बराबरी गोल गरे ।

इन्जुरी समयको पाँचौँ मिनेटमा निल माउपेले गोल गरेपछि ब्राइटन विजयी भयो । जितपति १५ औँ स्थानको ब्राइटनको ३० खेलबाट ३२ अंक भएको छ । १० औँ स्थानमा रहेको आर्सनलको ३० खेलबाट ४० अंक छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका खेलमा वुल्भ्सले वेष्ट ह्याम तथा क्रिष्टल प्यालेसले बोर्नमाउथलाई समान २-० ले हराए भने लेस्टर सिटी र वाट्फोर्डले १-१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved