राप्रपा मकवानपुरको समायोजन सम्पन्न, अध्यक्षमा अधिकारी

  • असार ८, २०७७
  • कालापानी मिडिया
alt

हेटौंडा । केन्द्रमा पार्टी एकता भए सङ्गै जिल्ला र स्थानिय तहरुको संरचना समायोजनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्वका साथ अघि बढाएको छ । यस क्रममा मकवानपुर जिल्लामा राप्रपा र तत्कालीन राप्रपा (संयुक्त) बिच आज समायोजन सम्पन्न भएको हो ।

जिल्ला तहको समायोजन पश्चात राप्रपा मकवानपुरको अध्यक्षमा मधु अधिकारी चयन भएका छन् । अधिकारी यस अघि पनि राप्रपा अध्यक्ष नै थिए ।  यसैगरी उपाध्यक्षमा तत्कालीन राप्रपा (संयुक्त) का अध्यक्ष ज्ञानेन्द्र ढुङ्गेल चयन भएका छन् । राप्रपाको साबिक जिल्ला कार्य समितीलाई कायम राख्दै राप्रपा (संयुक्त) का तत्कालीन जिल्ला समितिलाई समाबेश गर्ने सहमती भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।105402548_724507598333314_1358196778194152435_n

कार्यक्रममा बोल्दै अधिकारिले अहिलेको मार्गचित्रबाट देश डरलाग्दो भड्खालोमा जाने भन्दै अबको बिकल्प राप्रपा भएको दाबी गरे ।कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य राजाराम बर्तौलाले मुलुकलाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आबश्यक भएकोले त्यसको परिपुर्तिको निमित्त पार्टी एकता गरिएको बताए ।104777498_935916986835894_3200167981011783247_n

हिजोको टुटफुटको घटना अब एकादेशको कथा हुने भन्दै बर्तौलाले अहिलेको एकता भावनात्मक र चिरस्थायी भएको दाबी गरे । एकताको जग बलियो छ, अब हल्लिदैन। हिजोको त्रुटि, कमजोरीबाट पाठ सिकेका छौ , सच्चिदै अघि बढ्छौ,राप्रपालाई इमानदार कार्यकर्ताको बलमा जुरुक्क उठाउछौू घोषणा कार्यक्रममा बोल्दै बर्तौलाले भने ।

कार्यक्रममा नेताहरु रामहरि न्यौपाने , ज्ञानेन्द्र ढुङ्गेल, बद्री अधिकारी र सागर थापाले पार्टी एकताले कार्यकर्ता तहमा मात्र नभई जनतामा पनि सकारात्मक सन्देश गएको भन्दै अब संगठन निर्माणमा केन्द्रित हुने प्रतिबद्धता ब्यक्त गरे । अब राप्रपा मकवानपुर जिल्ला समिति ८३ सदस्यीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved