विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० लाख नाघ्यो

मेक्सिकोमा कोरोना संक्रमणबाट एकैदिन १ हजार ४४ जनाको मृत्यु, ब्राजिल, अमेरिका र भारतको अवस्थासमेत झनझन बिग्रिदै

  • असार ९, २०७७
  • कालापानी मिडिया
alt

विश्व । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख लाघेको छ । अकेरिका स्थित जोनस हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ९० लाख ७५ हजार ५ सय ५५ पुगेको हो ।

हालसम्म कोरोनाक कारण विश्वभर ४ लाख ७० हजार ७ सय १६ जनाको मृत्यु भइसकेको छ । अझ मेक्सिकोमा कोरोना भाइरसको संक्रमण निकै डरलाग्दोरुपमा अघि बढेको छ । विगत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै १ हजार ४४ जनाको मृत्यु भएको छ भने ५ हजार ३ सय ४३ जना संक्रमित भएका छन् ।

मेक्सिकोमा मृत्यु दर दैनिक बढ्न थालेपछि चिन्ता थपिएको हो । हालसम्म कुल मृत्यु संख्या करिब २२ हजार पुगेको छ भने कुल संक्रमित १ लाख ८१ हजार पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ब्राजिलमा ७ सय ४८ जनाको मृत्यु भएको छ भने २४ हजार ३ सय ५८ जना संक्रमित भएका छन् ।

सोही अवधिमा अमेरिकामा ३ सय ६२ जनाको मृत्यु हुँदा ३१ हजार ३ सय ९३ संक्रमित थपिएका छन् । यस्तै, भारतमा ३ सय १२ जनाको मृत्यु भएको छ भने १३ हजार ५ सय ४० संक्रमित थपिएका छन् । २४ घण्टा भित्र पेरुमा १ सय ७८ र इरानमा १ सय १९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved