इटालियन सिरी ए फुटबलमा युभेन्टसद्वारा बोलोग्ना २–० गोल अन्तरले पराजित, अंक तालिकामा युभेन्टसको शीर्ष स्थान कायमै

  • असार ९, २०७७
  • कालापानी मिडिया
alt

इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । शीर्ष स्थानको युभेन्टसले बोलोग्नालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा इन्जुरी समयको केही मिनेट युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । युभेन्टसले दुवै गोल पहिलो हाफमा गरेको हो । उसका लागि २३ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

३६ औँ मिनेटमा पाउलो डिबालाले गोल गरेर टिमको अग्रता दोब्बर पारे । डानिलो इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । जितपछि युभेन्टसको २७ खेलबाट ६६ अंक भएको छ ।

अन्य खेलमा एसी मिलानले लिचेलाई ४–१ पराजित गर्दा फियोरेन्टिना र ब्रेसियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved