कोरोना महामारीकाबिच साउदीले हज आयोजन गर्ने

  • असार ९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद साउदी अरबले यस वर्ष पनि हज आयोजना गर्ने भएको छ । तर, यस वर्ष साउदी अरबका नागरिकले मात्रै हज गर्न पाउने छन् ।

साउदी अरब सरकारको हज मन्त्रालयले सोमबार सूचना जारी गरी सीमित हाजीलाई मात्र हज गर्न अनुमति दिइने जानकारी दिएको छ । यसै सूचनामा कोरोना संक्रमणको महामारीका कारण अन्य देशका हाजीलाई साउदी अरब आउन अनुमति दिइएको छैन । साउदी अरबको मक्कामा हरेक वर्ष हज आयोजना हुन्छ ।

मुस्लिम समुदायको पवित्र धार्मिक स्थान मक्कामदिनामा हज गर्न नेपाली नागरिकहरुसमेत जाने गर्दछन् । साउदी सरकारका अधिकारीहरुले यस वर्ष देशभित्रका नागरिकहरुलाई सामाजिक दुरी कायम गरी हज गर्ने व्यवस्था मिलाउने बताएका छन् । कोरोना संक्रमण रोक्नका लागि सुरक्षाका धेरै उपाय अपनाइने छ ।

इस्लामिक क्यालेन्डर चन्द्रमाको हिसाबमा परिवर्तन भइरहन्छ । तर हज बकर ईदको समयमा हुन्छ । यस पटक हजको आयोजना अगस्टको पहिलो हप्तामा आयोजना हुँदै छ । इस्लामका पाँच मूलभूत स्तम्भ छन् । यसमा सबैभन्दा अन्तिम हजलाई मानिन्छ । शारीरिक रुपमा ठीक र आर्थिक रुपमा सम्पन्न मुसलमान जीवनमा कम्तिमा एक पटक हज गर्ने इच्छा व्यक्त गर्दछन् ।

यसै कारण हरेक वर्ष २० लाखभन्दा धेरै मुसलमान हजका लागि साउदी अरबको मक्का पुग्छन् । यस वर्ष दोस्रो देशका मुसलमानहरुलाई साउदीले अनुमति नदिएकाले हज गर्नेहरुको संख्या कम हुने निश्चित छ ।

अनलाईन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved