राप्रपा युवा संगठनद्वारा अनसनरत युवाको संघर्षप्रति ऐक्यवद्धता

  • असार १७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले कोभिड १९ को सवल व्यवस्थापनको माग गर्दै पाटन ललितपुरमा अनसनरत युवाहरुको संघर्षमा ऐक्यवद्धता व्यक्त गरेको छ ।
 
संगठनका अध्यक्ष प्रकाश रिमालको अध्यक्षतामा राप्रपा केन्द्रीय कार्यालय धुम्वाराहीमा सम्पन्न पदाधिकारी बैठकले कोभिड १९ को सवल व्यवस्थापनको माग गर्दै पाटन ललितपुरमा अनसनरत युवाहरुको संघर्षमा ऐक्यवद्धता जनाउदै अनसनरत युवाहरुसँग चाँडोभन्दा चाँडो वार्ताको माध्यमबाट समस्या समाधानको माग समेत गरेका छन् ।
 
संगठनले ‘राप्रयुसं संयुक्त’ लाई राप्रयुसंसँग एकतावद्ध हुन आव्हान समेत गरेको छ । त्यस्तै बैठकले एकताको लागि छलफल तथा सहजीकरण गर्न राप्रयुसं संयुक्तसँग वार्ता गर्नको लागि राप्रयुसंको तर्फबाट पार्टीका केन्द्रीय सदस्य तथा संगठनका महासचिब विनोद कुमार भारतीको संयोजकत्वमा दामोदर वाग्ले, जगदिश राजभण्डारी, हिक्मतजंग कार्की र सुजित के.सी. सदस्य रहनुभएको वार्ता समिति बनाएको छ ।
106283392_588979288423320_2849978532174505241_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved