एकै दिन थपिए एक लाख संक्रमित

  • असार २१, २०७७
  • कालापानी मिडिया
alt

कोरोना भाइरसको महामारी विश्वका विभिन्न क्षेत्रमा तीव्र गतिमा बढिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबार एकै दिन विश्वभर दुई लाख १२ हजार भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

यो एकै दिन नयाँ संक्रमित थपिएको अहिलेसम्मकै धेरै हो । यसअघि जुन २८ मा एक लाख ९० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो । अमेरिका, ब्राजिल, भारतसहितका देशमा तीव्र गतिमा संक्रमित थपिइरहेका छन् ।

भारतमा शनिबार अहिलेसम्मकै धेरै २२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा पनि शनिबार अहिलेसम्मकै धेरै ५३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दक्षिण अमेरिकी देश ब्राजिलमा शनिबार थपिएका संक्रमितको संख्या ४८ हजार भन्दा बढी रहेको छ।

विश्वभर हालसम्म एक करोड १२ लाख ६७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये पाँच लाख ३० हजार भन्दा बढीको ज्यान गएको छ । डब्लुएचओले विभिन्न देशहरुले संक्रमण बढिरहे पनि त्यसलाई बेवास्ता गर्दा समस्या थप विकराल बन्दै गएको भनि चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved