सागमा भलिबल आजबाट सुरु

मंसिर १५ मा औपचारिक उद्घाटन, मंसिर २४ मा समापन

  • मंसिर ११, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत भलिबलका खेलहरु बुधबारदेखि सुरु हुँदैछन् । सागको औपचारिक उद्घाटन काठमाडौंको दशरथ रङ्गशालामा मंसिर १५ गते आइतबार हुनेछ ।

बुधबार भलिबलको उद्घाटन खेल नेपाली महिला टोलीले बंगलादेशसित खेल्नेछ । नेपालले दिउँसो ३ बजे बंगलादेशसित खेल्नेछ ।

बुधबार तीन खेल हुनेछन् । बुधबार साँझ ५ बजे माल्दिभ्स र पाकिस्तान खेल्नेछन् । यो खेल महिलाकै हुनेछ ।

बेलुकी ७ बजे नेपालको पुरुष टिमले पहिलो खेल खेल्नेछ । प्रतिद्धन्द्धी टिम बंगलादेश नै हुनेछ ।

सबै खेल दशरथ रंगशालास्थित कभर्डहलमा हुनेछन् । सागको भलिबलमा पुरुष र महिलातर्फ समान ६ टोली रहेका छन् । भलिबलमा भुटान छैन ।

नेपालको समूहमा बंगलादेश र भारत छन् । महिला र पुरुष दुवैका समूह प्रतिद्धन्द्धी एकै हुन् ।

भलिबलसहित २८ वटै खेलको खेल तालिका सार्वजनीक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved