उपनिर्वाचन प्रचारको मैझारोः दौडधुपमा शीर्ष नेता, आज को कहाँ जाँदैछन् त ?

  • मंसिर ११, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौंः उपनिर्वाचन अन्तर्गत बुधबार आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ। मौन अविधको अन्तिम दिनसम्म उम्मेद्वारहरु मतदातालाई आफ्नो पक्षमा पार्ने कसरतमा छन्।

चुनावी प्रचारमा राजनीतिक दलका शीर्ष नेताहरु केही दिनदेखि दौडधुपमा छन्। नेताहरुले आज पनि दौडधुप गर्दै चुनावी प्रचारको मैझारो गर्दैछन्।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि अर्का अध्यक्ष भने चुनावी दौडधुपमा छन्।

चुनाव प्रचारको अन्तिम दिन प्रचण्डले तीनवटा सभालाई सम्बोधन गर्दैछन्। प्रचण्ड मंगलबार मात्रै प्रदेश २ पुगेका थिए।

बुधबार उनी अन्तिम प्रचारका क्रममा पोखरा, धरान र भक्तपुरका कार्यक्रममा जाँदैछन्। कास्कीमा प्रतिनिधिसभा तथा भक्तपुर प्रदेशसभा र धरानमा उपनगरपालिकामा उपनिर्वाचन हुँदैछ।

प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासहितका कांग्रेसका केही नेताहरुले धरान उपमहानगरको चुनावी सभालाई सम्बोधन गर्नेछन्। देउवा यसअघि कास्की, भक्तपुर, बागलुङ र दाङ पुगिसका छन्।

सत्ता साझेदार दल समाजवादीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई मंगलबार नै दाङ पुगिसकेका छन्। दाङमा समाजवादीको चुनावी सभा हुँदैछ। राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल नेताहरु उपनिर्वाचन हुने जिल्ला दौडमा छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५२ पदमा उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved