चीनको चुही नदीको शक्तिशाली बाँध फुट्यो, एक सय बढीको मत्यु

  • साउन ५, २०७७
  • कालापानी मिडिया
alt

एजेन्सी । चीनमा पछिल्ला दिन लगातार परिरहेको भीषण वर्षापछि आएको बाढीमा परेर १०० जनाभन्दा बढीको मृत्यु भएको छ । अविरल वर्षापछि नदीहरुमा पानीको सतह ह्वात्तै बढेको छ भने केही बाँधहरु समेत फुटेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्याम सीसीटिभीका अनुसार चीनको ठूलो नदीमध्ये याङ्त्जी नदीको सहायक नदी चुही नदीमा बाँधिएको शक्तिशाली बाँध विष्फोट भएको छ ।

अविरल वर्षापछि यी नदीहरुको पानीको सतह असामान्य रुपमा बढिरहेको समेत बताइएको छ । अविरल वर्षापछि पानीको सतह १५ मिटरभन्दा माथि पुगेपछि विश्वकै सबैभन्दा ठूलो मानिने याङ्त्जी नदीमा रहेको बाँध गत हप्ता खोलिएको थियो । त्यहाँका आधिकारिक मिडिया रिपोर्टकाअनुसार जुन महिनामा मात्र त्यहाँ अविरल वर्षापछिको बाढीमा परेर १४० जनाको ज्यान गएको बताइएको थियो ।

पछिल्लो बाढीका कारण ३८ लाख मानिसहरु नराम्री प्रभावित भएको बताइएको छ भने २।२४ लाख मानिसहरु विस्थापित भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार बिहानदेखि सोमबार बिहानसम्म तिब्बत, युन्नान, गुईझोउ र गुआंशीका केही भागमा भारी वर्षा र आँधीबेहरीको पूर्वाअनुमान गरिएको त्यहाँका सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved