सुदूरपश्चिममा विप्लव समूहको बन्द, विभिन्न स्थानमा शंकास्पद बस्तु, घोडघोडी नगरपालिकाको गाडीमा आगजनी

  • साउन ६, २०७७
  • कालापानी मिडिया
alt

पुष्कर भट्ट, कञ्चनपुर । विप्लव समूहले सुदूरपश्चिम बन्द गरेको छ । कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको बिरोधका बन्द आह्वान गरेको हो ।

sssss

यस्तै कैलालीका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् । धनगढीका चार स्थानमा शंकास्पद बस्तु राखेको जनाइएको छ । जसमध्ये चार स्थानमा राखिएका शंकास्पद बस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ ।

115820575_608368516731201_3170464304944148611_n

 

बिप्लव समूहले सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्बाधार विकास मन्त्रालयसंगै अमित मेडिसन डिष्टिव्युटर्सलाई लक्षित गरी राखेका शंकास्पद बस्तु सेनाको टोलीले मंगलबार बिहान निस्क्रिय पारेको हो ।

 

aa 1 Capture 1 यता, कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा पनि आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूले आगजनी गरेको प्रहरीले जनाएको छ ।

सोमबार राति करिब ११ बजे गाडीमा आगजनी भएको हो । आगो समयमै नियन्त्रणमा आउँदा ठूलो क्षति हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved