आज राप्रपाले दल दर्ता गर्दै

  • साउन ७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता भई बनेको राप्रपाले आज दल दर्ता गर्ने भएको छ। पार्टीका तिनै अध्यक्ष कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीसहितका नेताहरु निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्ने तयारी भएको होे।

दिउँसो साँढे एक बजे निर्वाचन आयोगमा पुगेर दल दर्ता गरिने पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपा र राप्रपा संयुक्त बीच गत फागुन २८ गते औपचारिक पार्टी एकता भएको थियो।

गत जेठ २९ गते केन्द्रीय कार्य समिति विस्तार गरेको छ। एकता पछिको राप्रपाले १३ सदस्यीय केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति, ८२ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति र ३२७ सदस्यीय केन्द्रीय कार्य समिति यसअघि नै गठन गरेको छ।

पार्टी एकता भए लगत्तै कोरोना महामारी र देशव्यापी लकडाउनको अवस्थाले पार्टी दर्ता गर्न केही समय ढिला हुन पुगेको राप्रपाले जनाएको छ ।

दल दर्ता भइसकेपछि जिल्ला समायोजन, भातृ संगठन समायोजन लगायतका एकता प्रक्रियाका बाँकी काम टुंग्याउने राप्रपाको तयारी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved