शुक्लाफाँटा नगरपालिका–७को वडा कार्यालयमा आगजनी

  • साउन ८, २०७७
  • कालापानी मिडिया
alt

पुष्कर भट्ट,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । अज्ञात समूहले बुधबार राति वडा कार्यालयमा आगजनी गरेको हो ।

110099462_737032927060083_3864582924737510520_n

झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडा अध्यक्ष जगत सिहले बताएका छन । झ्यालको सिसा फुटाएर पेट्रोल छर्केर आगजनी गरेको अध्यक्ष सिहले बताए ।कार्यालयको तीन कोठामा आगजनी भएको छ ।
कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको उनी बताउँछन् ।115927930_596729967653023_1000942828792980199_n वडा अध्यक्ष को कार्यकक्ष बाहेक अन्य कोठामा आगजनी गरिएको छ । वडा सचीव , सभाहल र प्राविधिक बस्ने कोठामा आगो लगाइएको छ । आगजनी बाट कम्प्युटर जलेर नस्ट भएको छ भने कार्यालय का कागजपत्र आंशिक जलेका छन् ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुर का प्रहरी नायब उपरीक्षक अमर ब थापाले बताए । क्षतिको विवरण संकलनका साथै प्रारम्भिक अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved