प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत

  • पुस २, २०७६
  • कालापानी मिडिया
alt

गृह मन्त्रालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गर्ने गरेको छ। बेरुजु फस्र्योटमा उत्कृष्ट काम गरेको भन्दै मन्त्रालयले महानिरीक्षक खनाललाई १० हजार नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको हो। बेरुजु फस्र्योट मूल्यांकन तथा अनुगमन समितिले महानिरीक्षक खनालसहित पाँच जना प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।
नेपाल प्रहरी बेरुजु फस्र्योटमा पुनः उत्कृष्ट हुन सफल भएको छ। प्रहरीले २०७४र०७५ सम्मको कुल बेरुजु रकममध्ये ८८।५० प्रतिशत बेरुजु फस्र्योट गरेर उत्कृष्ट हुन सफल भएको हो।
आर्थिक वर्ष २०७४र०७५ को लेखा परीक्षण भएको अंकमा १ दशमलव ८० प्रतिशत मात्र बेरुजु कायम गर्न सफल भई बेरुजु फस्र्योटको प्रगतिमा सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको गृह मन्त्रालयले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरले बेरुजु फछ्र्योटमा प्रहरी सर्वोकृष्ट हुन सफल भएको नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले आगामी दिनमा प्रहरी संगठनले बेरुजु फछ्र्योटमा झन् उत्कृष्ट नतिजा हासिल गर्ने गरी काम गरिरहेको बताउनुभयो।
गृह मन्त्रालयले बेरुजु फछ्र्योटमा प्रत्यक्ष संलग्न बढीमा पाँच प्रहरी कर्मचारीलाई प्रति व्यक्ति ८ हजार रुपियाँका दरले पुरस्कार गर्ने निर्णय गरेको छ। गत मंसिर २४ गते बसेको मन्त्रीस्तरीय निर्णयले प्रहरी महानिरीक्षक खनाललाई पुरस्कृत गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०७३र०७४ मा नेपाल प्रहरीमा कायम कुल बेरुजुमध्ये समग्रमा ८५ दशमलव १४ प्रतिशत बरुजु फछ्र्योट गरेको भन्दै गृह मन्त्रालयले प्रहरीलाई पुरस्कृत गरेको थियो।

प्रहरी महानिरीक्षक खनालले नेतृत्व सम्हालेलगत्तै १० वटा प्राथमिकता निर्धारण गरेर कार्यान्वयनमा जुट्नुभएको थियो। उहाँले सांगठनिक सदृढीकरण, आन्तरिक शुद्धीकरण र भ्रष्टाचार शून्य सहनशीलताको नीति अँगाल्दै आउनुभएको छ। महानिरीक्षक भएसँगै दुईपटक प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट हुन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved