सुनिल थापालाई निर्णय सच्याउन राप्रपा नेता मोहन श्रेष्ठको आग्रह

  • साउन ११, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता सुनिलबहादुर थापाले राप्रपाबाट राजीनामा दिएपछि राप्रपाका नेता मोहन श्रेष्ठले थापालाई निर्णय सच्याउन आग्रह गरेका छन् । शनिबार थापा सहित ३१ जना नेताले राप्रपाका अध्यक्षत्रयलाई पत्र लेख्दै राजीनामा दिए संगै राप्रपा नेता मोहन श्रेष्ठले सामाजीक सञ्जाल फेसबुकबाट लामो राजनीतिक विरासतबाट च्युत भएको भन्दै निर्णय सच्याउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, "पूर्वमन्त्री सुनील बहादुर थापाले राप्रपा परित्याग गरेको भन्ने समाचारले आश्चर्यचकित छु । पार्टीको संस्थापक अध्यक्ष, पूर्व प्रम सूबथाको छोराको रुपमा बुबाको राजनीतिक विरासतबाट उहाँ च्युत हुनुभएको छ । उहाँको निर्णय नेपालको राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनलाई ठूलो धोका मात्रै होइन गम्भीर भुल समेत हो, निर्णय सच्याउनुस् ।,"
नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटक–पटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल थापाको समूह मंगलबार नेपाली कांग्रेस प्रवेश गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved