संसदमा विद्या भट्टराई

  • पुस २, २०७६
  • कालापानी मिडिया
alt

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संघीय संसद् सचिवालयमा मंगलबार उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
गत मंसिर १४ गते भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भट्टराई कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन। शपथपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्ने बताइन।

उनले नीति निर्माण र विकास निर्माणबारे जनतासँग गरेका बाचा पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो।

शपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुुरुङ, संघीय संसद्का विभिन्न विषयगत समितिका सभापति, सांसद तथा संसद् सचिवालयका महासचिवलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved