बाढी आउन सक्छ,सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको म्यासेज

  • साउन १३, २०७७
  • कालापानी मिडिया
alt

कृत विष्ट, धनगढी। जल तथा मौसम विज्ञान विभागले देशभर सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जनाएको छ।

आज दिउँसो देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। राति सुदूरपश्चिमका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै विभागले विभिन्न नदिमा बाढी आउन सक्ने भन्दै मोवाइलमा म्यासेज पठाएर सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

‘हाल कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी बर्षा भएको,थप बर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदीमा बाढी आउन सक्छ।
बिहान १० बजे सम्म सतर्क रहौं।’ जल तथा मौसम विज्ञान विभागले पठाएको म्यासेजमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved