विश्वभर कोरोना संक्रमणबाट ६ लाख ७० हजारको मृत्यु

  • साउन १५, २०७७
  • कालापानी मिडिया
alt

विश्वभर कोरोना संक्रमणबाट ६ लाख ७० हजारको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएको छ । योसँगै विहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७९ हजार ९२ पुगेको छ । निको हुने संक्रमितको संख्या १ करोड ६ लाख ९३ हजार १२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ५२३ जनाको मृत्यु भएको छ । २८ लाख ३२ हजार ७८५ जना संक्रमित भएकोमा १७ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १३ हजार ९१९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५३ लाख ४२ हजार ९८० पुगेको छ । त्यसमध्ये २७ लाख २७ हजार ८३० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९४ हजार २४ जनाको मृत्यु भएको छ । ४१ लाख २७ हजार ८५ जना संक्रमित भएकोमा २९ लाख ९७ हजार ८३६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३९ हजार ४८४ जनाको मृत्यु भएको छ । ३९ लाख ४५ हजार ६ जना संक्रमित भएकोमा २६ लाख ८८ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १८ हजार ९०० जनाको ज्यान गएको छ भने ८ लाख ९४ हजार ३५३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ४३ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १९९ जनाको मृत्यु भएको छ । १७ हजार ३१३ जना संक्रमित भएकोमा ११ हजार ५६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १९ हजार २७३ पुगेको छ । ५१ जनाको भने निधन भैसकेको छ । १४ हजार २१ जना भने उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved