विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७५ लाख नजिक

  • साउन १६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७५ लाख नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा २ लाख ७४ हजार संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड ७४ लाख ५२ हजार पुगेको हो। अमेरिकामा ६६ हजार ५ सय, ब्राजिलमा ५८ हजार २ सय र भारतमा ५५ हजार संक्रमित थपिएका छन्। दक्षिण अफ्रिकामा ११ हजार, कोलम्बियामा १० हजार, मेक्सिकोमा ५ हजार ७ सय, रसियामा ५ हजार ५ सय र स्पेनमा २ हजार ७ सय जनामा नयाँ संक्रमण देखिएको छ ।

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै ६ हजार संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ६ लाख ७५ हजार ५ सय ३१ पुगेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा १२ सय ३९, ब्राजिलमा ११ सय ८९, भारतमा ७ सय ८३, मेक्सिकोमा ४ सय ८५, दक्षिण अफ्रिकामा ३ सय १५, इरानमा २ सय २६ र रसियामा १ सय २९ जनाको मृत्यु भएको हो।

यसैबीच, बेलायतले लक्षण देखिएका कोरोना संक्रमितलाई १० दिन आइसोलेसनमा राख्ने भएको छ। यसअघि खोकी, ज्वरो, स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएका संक्रमितलाई सात दिन आइसोलेसनमा बस्न सल्लाह दिइँदै आएको थियो। तर अब यो रणनीति विश्व स्वस्थ्य संगठनको निर्देशनअनुसार परिवर्तन गरिएको स्वास्थ्यअधिकारीलाइ उद्यृत गर्दै बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved