तातो वस्तुले स्तनमा पोल्ने यो कस्तो कुप्रथा ?

  • पुस ४, २०७६
  • कालापानी मिडिया
alt

लन्डन, (एजेन्सी)
वेलायतको राष्ट्रिय शिक्षा संघले कलिला बालिकाहरुलाई उत्पीडनबाट जोगाउनका लागि बिद्यालयका पाठ्क्रममा स्तन पोल्ने कुप्रथाबारे जनचेतना फैलाउने शिक्षा समावेश गरिनुपर्ने जनाएको छ ।

स्तनको विकास रोकेर पुरुषहरुको ध्यान तान्न नसकुन भन्ने उद्देश्यले तातो वस्तुले स्तनमा पोल्ने कुप्रथा रहिआएको छ । कन्जरभेटिभ विधायिका निकी मोर्गानले यस सामाजिक विकृति रोक्नका लागि शिक्षकहरुलाई पनि शिक्षा दिइनुपर्ने विचार व्यक्त गरेकी छिन् ।

गृह मन्त्रालयले यस समबन्धमा सजग गराउनु शिक्षकको कर्तव्य भएको जनाएको छ । हाल संयुक्त अधिराज्यमा वसोवास गरिरहेकी किनाया ९ परिवर्तित नाम ० को परिवार यसरी छाती पोल्ने प्रथा भएको पश्चिमी अफ्रिकाबाट आएका हुन् । उनी दस वर्षको कलिलो उमेरमा यस कुप्रथाको शिकार भएकी थिइन् ।

आमाले मलाई यदि छाती पोलिन भने केटाहरु मसंग यौन समपर्क गर्न आउन थाल्छन् भन्नुभएको थियो । ’ यस्तो कार्यमा प्रायशः बालिकाकी आमा लाग्ने गर्छिन् । तिनीहरुले ढुँगा वा चम्चा तताएर बालिकाको छातीमा डाम्ने र थिच्ने गर्छन् । यस्तो कार्य महिनौं सम्म पनि दोह¥याइन्छ । किनाया भन्छिन् , ‘ समयले पनि यस प्रकारको पीडा बिर्साउँदैन ।
यसरी डामिँदा रुन पनि दिँइदैन । यदि रोइयो भने रुने बालिकालाई मन कमजोर र परिवारको इज्जत फाल्न सक्नेको रुपमा हेरिने गरिन्छ । ’ अहिले वयस्क भइसकेकी किनायाको पनि दुई छोरी छन् । उनकी जेठी छोरी दस वर्षकी हुँदा उनकी आमाले नातिनीको पनि स्तन डाम्नु पर्ने बताएकी थिइन् ।

तर किनायाले आमाको प्रस्ताव ठाडै अस्विकार गरेकी थिइन् । आफ्ना सन्तान माथि कुनै पनि समय त्यो कार्य हुनसक्ने खतराको कारण किनाय परिवार बाटै टाढिन थालिन् ।

वेलायतमा मात्र यसरी स्तन डामिएका एक हजार बालिका रहेका अनुमान गरिएको छ । विश्वमा महिलाको योनीको भग्नासा काट्ने कुप्रथाको चर्चा जताततै हुने गरिएपनि स्तन डाम्ने विषय त्यति प्रचारमा आएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved