स्पेनका पूर्व राजा ख्वान कार्लोस देश छाड्दै

  • साउन २०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो।

स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको छ । उनले कहिले देश छाड्छन् र कहाँ गएर बस्छन् भन्नेचाहिँ खुलाइएको छैन ।

पूर्व राजा कार्लोसले आफूलाई लागेका आरोपबारे केही सोधपुछ गर्नु परेमा आफू उपलब्ध हुने पनि बताएको समाचारमा उल्लेख छ ।

साउदी अरेबियामा एउटा हाइस्पीड रेलको ठेक्कामा कार्लोसको संलग्नताबारे अनुसन्धान भइरहेको छ । स्पेनमा करिब ४० वर्ष राज गरेका कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved