बलात्कार आरोपमा वडाध्यक्ष प्रकाउ

  • साउन २०, २०७७
  • कालापानी मिडिया
alt

गोरखा । चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ ।
‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ,’ एसपी सुरेन्द्र बहादुर गुरुङले भने, ‘उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिनुभयो अनि हामीले उहाँलाई पक्राउ गर्यौं ।’

अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको एसपी गुरुङले जानकारी दिए ।

गत असारमा कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पनि १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved