भारतिय कलाकार समीर शर्मा आफ्नै फ्ल्याटमा झुन्डिएको भेटिए

  • साउन २३, २०७७
  • कालापानी मिडिया
alt

मुम्बई । कलाकार समीर शर्मा आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला परेका छन्। हसी तो फसी फिल्मका ४४ वर्षीय एक्टर शर्मालाई टेलिभिजन सो कहानी घर घरकी र वो रहेनी वाली महलोकी मा दर्शकले रुचाएका थिए।

किचेनको सिलिङ फ्यानमा उनले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। पत्नीसँग छुट्टिएर लामो समयदेखि उनी एक्लै बस्दै आएका थिए। प्रहरीले कुनै सुसाइड नोट नभेटिएको जनाएको छ।

बिहीवार राति ९ बजे चौकीदारले किचेनमा उनलाई झुन्डिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनले आत्महत्या कहिले गरे यकिन छैन किनभने फ्ल्याट खोल्दा नराम्रो गन्ध आउन थालिसकेको थियो। कम्तिमा पनि दुई दिन अघि नै उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

हाम्रो अनुमानमा दुई दिनअघि नै उनले आत्महत्या गरेका हुन्। उनका बाबुआमा र बहिनी बैङ्गलोरमा छन्। उनीहरुलाई खबर गरिसकेका छौं, एक प्रहरी अधिकृतले भने।

प्रहरीले उनको स्वास्थ्य अवस्था र आर्थिक कारोवारको अनुसन्धान सुरु गरिसकेको छ। गत वर्षको डिसेम्बरबाट उनी उक्त फ्ल्याटमा सरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved