राजपासँगको सहमतिलाई लिएर स्थायी कमिटीमा भीम रावलको कविता

  • पुस ४, २०७६
  • कालापानी मिडिया
alt

राष्ट्रिय सभाको रिक्त पदमा राष्ट्रिय जनता पार्टी ९राजपा०सँग भागवण्डा गर्ने सहमति भएको विषयलाई लिएर जारी नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले कडा प्रश्न गरेका छन्।

नेताहरु भीम रावल, वामदेव गौतम, युवराज ज्ञवाली लगायतका नेताहरुले पार्टीमा कुनै छलफल नै नगरी भागवण्डाको सहमति भएकोमा आपत्ति जनाएका हुन्।

स्थायी कमिटी चलिरहेकै छ। त्यही बीचमा यस्तो सहमति भयो जुन जानकारी नै नदिइ गरियो, भीम रावलले बैठकमा पार्टी शीर्ष तहको आलोचना गर्दै भने। उनले यस्तो सहमति किन गरेको भन्दै प्रश्न उठाएको जानकारी पत्रकारहरुलाई दिए। पार्टी विधि र पद्धतिमा जाने भनियो तर त्यसको पालन गरिएन, रावलले असन्तुष्टि जनाए।

राष्ट्रिय सभामा रिक्त रहेको पदमध्ये दुई पद राजपालाई दिने गरी सहमति भएको छ। बैठक आजका लागि सकियो भने अर्को बैठक पर्सिका लागि तोकिएको छ। भोलि संसद बैठक हुने भएकाले पनि स्थायी कमिटी बैठक भोलिका लागि नराखिएको हो।

असन्तुष्टि प्रकट गर्नेक्रममा नेता भीम रावलले कविता प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved