पाकिस्तानबाट भारत आएका एकै परिवारका ११ जनाको मृत्यु

  • साउन २६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतको राजस्थानमा पाकिस्तानबाट आएका एक परिवारका ११ जनाको मृत्यु भएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

परिवारका एक सदस्यमात्रै जीवित रहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनास्थलबाट किटनाशक औषधि भेटिएका र मृत्युको कारण पारिवारिक कलह हुन सक्ने जोधपुर ग्रामीणका प्रहरी अधिकारी राहुल बारहटले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

आइतबार ११ जनाको शव खेतमा भेटिएपछि प्रहरी त्यहाँ पुगेको थियो । झण्डै ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिबासी भील समुदायका हुन् । सो परिवारले खेत भाडामा लिएर खेती गर्दै आएका थिए ।

jodhpur
३७ वर्षका केवल राम मात्रै जीवित रहेका छन् । प्रहरीले केवल रामसँग सोधपुछ गरिरहेको छ । केवल रामका आमाबुवा, एक भाइ, तीन बहिनी पनि मृत्यु भएको छ ।

यस्तै केवल रामकी एक छोरी र दुई छोरा तथा परिवारका प्रमुख ७५ वर्षका बुधा रामको पनि मृत्यु भएको छ । घर भन्दा पर गएर सुतेका कारण केवल राम जीवित रहन सफल भएको प्रारम्भिक जानकारी छ ।

मृत्युको कारण थाहा पाउन फरेन्सिक एक्सपर्टको सहयोग लिइएको प्रहरीले जनाएको छ । पाकिस्तानबाट शरणको खोजी गर्दै आएको यो हिन्दू परिवारले भारतमा नागरिकताका लागि अपिल गर्दै आएको स्थानीय अगुवाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved