मालीमा सैनिक ‘कू’ राष्ट्रपति र प्रधानमन्त्री लगायत हिरासतमा

  • भदौ ३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । मालीमा सैनिक ‘कू’ भएको छ । सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई हिरासतमा लिएर सत्ता हातमा लिएको छ । त्यसअघि राष्ट्रपति इब्राहिम बुबाकारले टेलिभिजन सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । साथै उनले संसद र सरकार भंग गरेको जानकारी पनि दिए ।

सम्बोधन गर्दै राष्ट्रपति बुबाकारले भनेका थिए, ‘म मेरो शासनकालमा रक्तपात होस् भन्ने चाहँदैन । यदि आज हाम्रो सशस्त्र बलका केही व्यक्तिले मेरो शासन अन्त्य गर्न चाहान्छन् भने मसँग अरु विकल्प के हुन्छ र?’ उनले टेलिभिजनमार्फत् सम्बोधन गरेको केही घण्टामै सेनाले राष्ट्रपति बुबाकार र प्रधानमन्त्री बोबु सिसेलाई हिरासतमा लिएको थियो ।

सेनाको यस विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिक एक सैनिक क्याम्पमा गोली चलेको आवाजसँगै सुरु भएको बताइएको छ । बामाकोभन्दा १५ किलोमिटर टाढा रहेको सैनिक क्याम्पमा असन्तुष्ट जुनियर अफिसरहरुले कमाण्डरहरुलाई हिरासतमा लिएका थिए । त्यसपछि उनीहरुले सैनिक क्याम्प कब्जा गरेका थिए । त्यसपछि युवा जमातले शहरका सरकारी भवनहरुमा आगजनी गरेका थिए । साथै राष्ट्रपतिको राजीनामा माग गर्दै उनीहरुले विरोध प्रदर्शन पनि गरे ।

मालीका सैनिकहरुमा जिहादी चरमपन्थीहरुसँग चल्दै आएको संघर्ष र आफ्नो तलब सुविधालाई लिएर लामो समयदेखि असन्तुष्टि छ । राष्ट्रपति बुबाकारले सन् २०१८ मा लगातार दोस्रो पटक चुनाव जितेका थिए । तर उनको शासनकालमा भ्रष्टाचार र साम्प्रदायिक हिंसा बढेको भन्दै आलोचित बन्यो । यही कारण मालीमा केही महिनायता विरोध प्रदर्शन चर्किंदै गएको थियो ।

त्यसपछि रुढीवादी इमाम महमुद डिकोको नेतृत्वमा एक नयाँ विपक्षी गठबन्धनको उदय भएको छ । यो गठबन्धनले नयाँ सुधार र मिलीजुली सरकारको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved