गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जनामा कोरोना संक्रमण पुष्टि

  • भदौ २२, २०७७
  • कालापानी मिडिया
alt

कास्की । गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या दुई हजार ५९८ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा ३१ जना, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को गैँडाकोट नगरपालिकामा एकजना, देवचुली नगरपालिकामा १४ जना, गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा दुईजना र तनहुँको व्यास नगरपालिकामा तीनजनामा संक्रमण पुष्टि भएको हो।

कास्कीमा थपिएकामध्ये चारजना पोखरा महानगरपालिका स्थित पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्ष उमेरका स्टाफ नर्स हुन् भने ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारीको रूपमा कार्यरत छन्।

उस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved