अबैध तरिका ले काठ काट्न दिने उदयपुरका दुई सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पक्राउ

  • भदौ २२, २०७७
  • कालापानी मिडिया
alt

गाईघाट, २१ भदौ ।

अबैध तरिका ले काठ काटन दिने उदयपुरका दुई सामुदायिक बन उपभोक्ता समुहका अधक्ष्य पका्रउ परेका छन । मौखीक आदेश दिएर सामुदायिक बनमा ठुलो संख्यामा सालको रुख कटान गर्न दिएको आरोपमा त्रियुगा नगरपालीका ७ का खाटमन्दीर सामुदायिक बनका अध्यक्ष मोहन बहादुर कार्कि र रक्तमालाका अध्यक्ष गने बहादुर तामाङलाई शनिबार पक्राउ गरीएको जिल्ला बन कार्यालय उदयपुरका प्रमुख अम्वीका पौडेलले बताए ।

लकडाउनको मौका छोपी उनीहरुले आ–आफनो सामुदायिक बनमा ८० वटा सखुवाको रुख कटान गरेको बन अधिकृत पौडेल ले बताए । अधक्ष्य द्धय संगै रुख कटान गर्न आदेस दिने नमोबुद्ध टोलबिकास सस्थाका अध्यक्ष लिल बहादुर तामाङग समेत पका्रउ परेका छन । त्रियुगा नगरपालीका ले बिधुतीकरण योजना विस्तार गरेपछी त्यसको कार्यान्वन गर्ने क्रममा ति सामुदायिक बन ले बन कार्यालय संग अनुमती वेगर नै योजना स्थल मा पर्ने झण्डै १ हजार सेफटी काठ कटान गरीएको छ ।

अध्यक्ष द्धयको आदेशमा साउन मै स्थानीय गाउलेहरु ले रुख काटेको छानविन को क्रममा खुलेको वन कार्यालयको सुचना अधिकृत जागेश्वर साह ले वताए । काटीएको सवै रुख हरु गाउलेहरु ले घर, घर लिएर गएको र ति सबै लकडी बरामद गरीसकेको साह ले बताए ।

“झण्डै १० लाख मुल्य बराबर को रुख कटान गरीएको रहेछ” । उनले भने । उनले खाटमन्दीरमा ८२ र रक्तमालामा ८ वटा रुख कटान गरीएको बताए ।  आरोपीत तिनै जना लाई बनको हिरासतमा राखेर मुद्धा चलाईएको छ । बन ऐन २०७६ को दफा ४९ (छ) कसुर अनुसार राष्टीय बन क्षेत्र बाट रुख विरुवा काटे, छिमले वा हानी नोक्सानी गरे पाच लाख भन्दा वढी जति सुकै बिगो भएपनि बिगोको दोब्बर जरीवाना वा दुई वर्ष कैद वा दुबै सजाय हुने कानुनी ब्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved