खुकुलो निषेधाज्ञाः उपत्यकामा बिहीबारदेखि के गर्न पाइने ? के नपाइने ?

  • भदौ २५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । जनजीवन कष्टकर बन्दै गएपछि स्थानीय प्रशासनले जारी निषेधाज्ञाको स्वरुप बदलेको छ। कोरोना जोखिम न्यूनीकरणका लागि भदौ ३ गते रातिदेखि उपत्यकामा निषेधाज्ञा जारी छ। स्थानीय प्रशासनहरुले निषेधाज्ञा भने भदौ ३१ गतेसम्म नै निरन्तरता दिएका छन्।

तर, हालको स्वरुपमा निकै बदलिएको छ।

के गर्न पाइन्छ ?

उपत्यकामा अब सवारी जोरबिजोरमा आधारित भएर सञ्चालनमा आउने छन्। १६ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा आउने छन्। एक लहरमा एक जनामात्र यात्रु राख्नु पर्नेछ। कूल क्षमताको आधामात्र यात्रु सार्वजनिक सवारी साधनले बोक्न पाउनेछन्।

यस्तै, भाडाका ट्याक्सीका हकमा चालकसहित ३ जना र एकै परिवारका सदस्य बच्चासहित पाँच जनासम्म राखेर चलाउन पाइनेछ।

अत्यावश्यक वस्तु तथा सेवाको कारोबार गर्ने पसल जुनसुकै बेला खोल्न पाइनेछ। यस्तै विकास निर्माण कार्यमा संलग्न र ढुवानीका सवारी साधन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछन्।

अनलाइन डेलिभरी र टेकअवे सेवाका लागि दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ। सपिङ मल अब सातामा तीन दिन चल्न पाउने छन्। सोमबार, बुधबार र शनिबार खोल्ने समय तोकिएको छ।

फर्निचर, अटो मोबाइलसम्बन्धी पसल सोमबार र बुधबार खोल्न पाउने छन्। भाँडा तथा भान्साका सामाग्री कारोबार गर्ने पसल सातामा आइतबार, मंगलबार र शुक्रबार सञ्चालन हुनेछन्। वर्कसप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दैनिक सञ्चालन गर्न पाइनेछ।

फुटपाथ तथा ठेला व्यापारका लागि समय तोकिएको छ। दैनिक बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। डिपार्टमेन्टल स्टोरका हकमा पनि यही नियम लागू हुनेछ।

उद्योग व्यवसाय खाने बस्ने व्यवस्था प्रतिष्ठानले नै गर्नेगरि सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ।

के गर्न पाइन्न ?

स्थानीय प्रशासनको निर्णय अनुसार खुला स्थानमा भेला हुन, भीडभाड गर्न तथा जुलुमा समेत प्रतिबन्ध लगाइएको छ। जात्रा महोत्सव, भोजभतेर सञ्चालन गर्न पनि निषेध गरिएको छ। यस्तै, मठ मन्दिर, चर्च, मस्जिद लगायतका धार्मिक स्थलमा दैनिक नित्य पूजाको बन्देज पनि यथावत नै छ।

धार्मिक तथा सामाजिक जमघट निषेध गरिएको छ। सबै प्रकारका तालिम, गोष्ठी, सेमिनार बन्द हुनेछन्। मनोरञ्जनस्थल पनि बन्द रहनेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved