भारतलाई चीनको कडा चेतावनी सेना उक्साउने काम बन्द गर्न आग्रह

  • असोज १, २०७७
  • कालापानी मिडिया
alt

एजेन्सी । चीन सरकारले लद्धाखमा झडप सहित अहिले सम्म भएका घटनाका लागि भारत दोषी रहेको दाबी गर्दै तत्काल चीनका सेना र चीनलाई उक्साउने काम बन्द गर्न चेतावनी दिएको छ । आज भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनीया विदेश मन्त्रालयका प्रवक्ता वागं वेनविनले भारतले आफ्नो गलत हर्कत सुधार्नु पर्ने बताए छन ।

भारतले एक तर्फी रुपमा नियन्त्रण रेखा पार गरेको, उक्पाहटपूर्ण कार्बाही गरेको भन्दै दुबै देशबीच शाान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न भएको सहमतिको कार्यन्वयन गर्न पनि प्रवक्ता वागं यि ले आग्रह गरेका छन ।

हिजो भारतीय रक्षा मन्त्री राजनाथ सिंहले लद्धाखमा समस्याको समाधान नभएको भनी प्रतिकृया दिएको भोलिपल्ट चीनको यो भनाई आएको हो । केही दिन अघि मस्कोमा चीन र भारतका विदेशमन्त्रीका बीचमा पाँच बुदे सहमति भएको थियो । जसमा शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न सहमत भएका थिए ।

सन् १९६२ को युद्ध पछि पहिलो पटक गत जुन १५ मा दुबै देशका सेनाबीच रक्तपातपूर्ण झडप भएको थियो । दुबै देशका सेनाबीच भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । त्यस पछि पनि पटक पटक गोली हानाहान र झडप भएका छन् । चीन र भारत दुबै देशको ३५ सय किलो मिटर लामो सीमा विवाद कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved