नेकपाको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु

  • असोज ४, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। असोज २ गतेका लागि तोकिएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण आइतवारका लागि सारिएको थियो।

नेकपाभित्रको लामो समयको आन्तरिक विवाद समाधान भएपछि पहिलोपटक पेरिसडाँडास्थित पार्टी कार्यालयमा सचिवालय बैठक बसेको हो। यसअघि माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पार्टी एकतापछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड एकैसाथ अध्यक्षता ग्रहण गर्नमात्र पुगेका थिए। एकताको झन्डै २८ महिनापछि पेरिसडाँडामा सचिवालयका नेताहरु छलफलमा जुटेका छन्।

यसअघि कमिटी बैठकहरु पनि बालुवाटारमै बसेका थिए। ओलीले स्थायी कमिटी र सचिवालय बैठक बालुवाटारमै राखेपछि नेकपाका नेताहरु बालुवाटारमा बैठक राख्न नहुने अडानमा थिए। यसअघि पार्टी उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटी बैठकमा पेश गरेको ६ बुँदे प्रस्तावमा समेत बैठक पार्टी कार्यालयमा बस्नुपर्ने अडान राखेका थिए।

सचिवालय बैठकले सरकारमा सहभागी हुने मन्त्रीको सूची तयार पार्ने बताइएको छ। वामदेव गौतम राष्ट्रिय सभा सदस्य भइसकेका छन् भने अर्थमन्त्रीबाट युवराज खतिवडाले राजीनामा दिइसकेका छन्। अहिले अर्थ मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय मन्त्री बिहीन छन्। केही समयका लागि सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्हालेका छन् भने खतिडालाई सल्लाहकार नियुक्त गरेर ओलीले अर्थ मन्त्रालय आफैसँग राखेका छन्।
पहेलो पोष्ट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved