राप्रपामा चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति

  • असोज ६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । छ महिना पहिले एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ ।

एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको राप्रपा एक अध्यक्षले जानकारी दिए । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो ।
ती अध्यक्षका अनुसार कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन भन्दै गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको हो । धुम्बराहीमा बसेको थापा समूहको बैठकमा कतिपय नेताहरूले २०७० सालमा २५ सिट जितेर चौथो ठूलो दल बन्दा प्रयोग भएको गाई चिह्न छाड्न नहुने अडान लिएका थिए ।

चुनाव चिह्नबारे औपचारिक निर्णय भने मंगलबार बस्ने कार्यसम्पादन समितिको संयुक्त बैठकले गर्ने एक नेताले जानकारी दिए ।

बैशाखमा महाधिवेशन

एकता महाधिवेशन आगामी बैशाख तेस्रो साता गर्ने विषयमा पनि दुबै पक्षबीच सहमति जुटेको छ । कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर मंगलबार नै दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी भएको राप्रपा नेताहरूले बताएका छन् । यद्यपि कतिपय नेताहरूले मंगलबार शुभबार नभएको तर्क गरेका छन् ।

राप्रपा नेता मोहन श्रेष्ठले पार्टी एकता प्रक्रिया टुंग्याउने विषयमा महत्वपूर्ण निर्णय लिइएको स्विकारे । श्रेष्ठले अनलाइनखबरसँग भने, ‘देशलाई बलियो राष्ट्रवादी शक्तिको आवश्यकता महसुस गरेर पार्टी एकता जोगाउन भावनात्मक विषय जोडिएको निर्वाचन चिन्हमा सम्झौता गर्ने कठिन निर्णय गरेका छौं ।’

२४ फागुन २०७६ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी गरी पार्टी एकीकरण घोषणा भएको थियो । पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र साझा संस्थाको रुपमा राजसंस्था रहने राप्रपाको दस्तावेजमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved