२१ जना विप्लवका कार्यकर्ता जेल चलान

  • पुस ८, २०७६
  • कालापानी मिडिया
alt

दुई महिना पहिले दाङको राजपुर गाउँपालिका ४ मुंगेटा खोलाबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान भएका छन् । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना बिप्लव समुहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर नेताहरुलाई फेरी पक्राउ गर्न प्रहरी तयार अवस्थामा रहेका कारण उनिहरुले धरौटी तिर्न नसक्ने भन्दै करागार जाने निधो गरेका हुन् ।

अदालतको आदेश अनुसार धरौटीमा छुट्ने तयारी गरेका नेताहरुलाई प्रहरीले अन्य मुद्धामा पक्राउ गर्ने तयारी गरेपछि आफुहरु धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिईएको पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्दले जानकारी दिए । गत असोज २९ गते राती मुंग्रेटागाउँमा पार्टीको आन्तरिक बैठक चलिरहेको बेला दाङ प्रहरीले २१ जना नेताहरुलाई हतियार, नगद रुपैयाँ, पार्टीका महत्वपूर्ण दस्ताबेज समेत बरामद गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved