राप्रपाले बनायो ७ सदस्यीय विधान मस्यौदा समिति

  • असोज ८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सदस्यीय विधान मस्यौदा समिति बनाएको छ। राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको बैठकले विधान मस्यौदा समिति गठन गरेको हो।

पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिनभित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने गरी निरञ्जन थापाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कार भद्रा र ध्रुबहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

rpp 1

समितिको सदस्यहरूमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक रहेको पार्टीका पार्टीका केन्द्रिय सदस्य राजाराम बर्तौलाले बताएका छन्। 

केहीदिन अघि बसेको राप्रपाको केन्द्रीय समिति बैठकले राप्रपाको विधानलाई अन्तरिम विधान मानी पार्टी दर्ता गर्ने, चुनाव चिन्ह हलो राख्ने, रातो, पहेँलो र निलो रङको बीचमा गाई रहेको झण्डा प्रयोग गर्ने निर्णय गरेको थियो। साथै, एकता महाधिवेशन आउँदो २५–२८ वैशाख २०७८ मा गर्ने निर्णय समेत गरेको थियो।

अघिल्लो वर्ष, २८ फागुन २०७६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकता घोषणा भएको थियो। एकता घोषणाका बेला थापा, जबरा र लोहनी अध्यक्ष रहने, ६ महीनाका लागि चुनाव चिन्ह स्थगित गर्ने, झण्डा थापा नेतृत्वको राप्रपाले प्रयोग गर्दै आएकोलाई प्रयोग गर्ने भनिएको थियो। 

६ महीनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने डेढ वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने भनिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved