प्रवक्ताको विज्ञप्ति र अन्तर्वाताबाट चलेको कमजोर कांग्रेसस् -पर्यटन बोर्डका पुर्वकार्यकारी प्रमुख निरौला

  • कार्तिक ४, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । पर्यटन बोर्डका पुर्वकार्यकारी प्रमुख सुवास निरौलाले नेपालकै पहिलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको प्रतिपक्षी दलको भुमिका पार्टी प्रवक्ताको बिज्ञप्ति र अन्तरवार्तामा मात्रै सिमित रहेको बताएका छ्न । नेपाल प्रजातान्त्रिक महासंघको सूचना प्राविधि तथा प्रचार बिभागकि केन्द्रिय संयोजक पत्रकार रोजि पराजुलीको ट्विटर स्ट्याटसमा कमेन्ट गर्दै पर्यटन बोर्डका पुर्व कार्यकारी प्रमुख तथा सदस्य सचिव निरौलाले २०६२ साल देखि यता आज सम्म यो देशको राजनिति प्रतिपक्ष विहीन रहेको भन्दै आक्रोश व्यक्त गरेका हुन।

पत्रकार पराजुलीले आफ्नो स्ट्याटसमा सरकारले जनताको स्वास्थ्य माथि खेलवाड गरेको र प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई यो विषय गम्भिरताका साथ लिन र सरकारलाई खबरदारी गर्न आग्रह गरेकि छिन । सोही स्ट्याटसमा कमेन्ट गरेका निरौलाले काँग्रेसका केहि टाठाबाठाहरूको गुटउपगुटले समेत सत्ता साझेदारी गरेर प्रशस्त लाभ उठाइरहेको आरोप लागएका छन् ।

कमेन्टमा निरौलाले भनेका छन्, ‘काँग्रेस कहिले देखि प्रतिपक्षी भयो र अहिले त काँग्रेस गणितीय र प्राविधिक कारणले मात्र प्रतिपक्ष हो २०६२ साल देखि यता आज सम्म यो देशको राजनिति प्रतिपक्ष विहीन छ । निरौलाले स्टाटसमा लेखेका छ्न । उनले थपेका छन आजका बामपन्थी हरूले भाग लगाइदिएको पदहरू पाउने मोह जालमा परेर इतिहासका थुप्रै गलत निर्णयहरूमा समेत कांग्रेस साक्षी बसेको र लगानी असुल गरिसकेको आरोप लगाएका छ्न ।

121970958_768808597012806_5990098460095252173_n

पुर्व सदस्य सचीव समेत रहेका निरौला थप्छ्न, बिगत २ दशकको काँग्रेसको राजनैतिक यात्राको यो क्रम अध्ययन गर्दा सायदै कसैले सहजता महसूस गर्ला हिजो हामीले पनि नेपाली काँग्रेसको सिद्धान्तलाई उच्च राख्न र प्रजातन्त्रको लामो र अत्यासलाग्दो लडाईमा आफ्ना सुनौला दिनहरू अर्पण गरेकोमा कहिले पछुतो भएन । ुु तर आज काँग्रेसको गति र मति हेर्दा सेना र प्रहरीमा आफ्ना गुटका हाकिमको अगाडी केहि आश र केहि त्रास लिएर उभिएका शक्तिका बफादार सिपाहीहरुको जस्तो निरीहतामा रमाएको देख्दा कताको प्रतिपक्ष र कताको प्रतिपक्षीको धर्म रु भनेर प्रश्न गरेका छ्न । सबै स्खलित भएको देखिन्छ,अहिले सम्मको अवस्था हेर्दा पार्टी प्रवक्ताको प्रेश बिज्ञाप्ति र अन्तरबार्तामा मात्र नेपाली काँग्रेसले आफ्नो विपक्षीको धर्म निर्वाह गरेको आरोप लगाएका छ्न ।

त्यस्तै उनले गरेको लामो स्टाटस मा यो पनि भनेका छ्न कि महाभारतको महासंग्राममा कौरव र पाण्डवको अन्त्यको कारण आफुहरु बिचकै लडाई थियो । विश्व र नेपाल कै राजनितिमा पनि अराजनैतिक ब्यक्तिहरूको हालिमुहाली र दिशाहीनता मौलाएपछि जसरी राजनैतिक दल र तिनका नेताहरुको अवसान भएको छ, आज नेपाली काँग्रेस त्यही बाटोमा छिटो छिटो अगाडि बढेको देखिन्छ भन्दै पार्टीलाइ सुधारिएर अघि बढ्न सुझाएका छ्न । यो गति समयमै रोकिएन वा दिशा परिवर्तन भएन भने भोलीको दिन कस्तो होला रु कल्पना सम्म गर्दा पनि कहाली लाग्छ निरौलाले उल्लेख गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved