रत्नपार्कको नाम परिर्तन गरे बिद्रोह हुन्छ- कमल थापा

  • मंसिर ८, २०७७
  • कालापानी मिडिया
alt


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी भएको बताएका छन ।

सामाजिक संजाल ट्वीटर तथा फेसबुकमा थापाले लेखेका छन,‘नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्,भव्य पार्क बनाईयोस्। हाम्रो पुरा सहयोग रहने छ,तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ,निर्णय पुनः बिचार गरियोस्। द्वन्द निम्त्याउने काम नहोस् । ’

थापाले काठमाडौं महानगरपालिकाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको बताएका छन । राष्ट्रिय विभुति शंखधर साख्व अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको समेत उल्लेख गरेका छन । उनको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नयॅा ठॅाउमा पार्क बनाउन उनले आग्रह गरेका छन ।

०६२/६३ को जनआन्दोलनपछि राजा रानीका नाममा रहेका सडक, क्याम्पस र पार्कको नाम परिवर्तनको लहर नै चलेको थियो। विभिन्न स्थानमा रहेका राजारानीको शालिकहरु तोडफोड भए पनि रत्नपार्कको नाम भने यथावत् नै थियो । रत्नपार्कको नाम परिवर्तन गर्ने कार्य संकिर्ण र बिकास विरोधी भएको भन्दै निर्णय पुनः बिचार गर्ने आवाज चर्को बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved