रत्नपार्कको नाम परिवर्तन गर्ने अविवेकी निर्णय तुरुन्त फिर्ता गरियोस् -राप्रपा

  • मंसिर ९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संखधर शाख्वा देशको मौलिक संस्कृति र सभ्यताको धरोहर र राष्ट्रिय विभूति भएको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले यस्ता व्यक्तित्वहरु समस्त नेपालीका आदरणीय भएकाले उनीहरुको सम्मान राष्ट्रले सम्मान गर्नुपर्ने बताएको हो ।

‘यस क्रममा उनीहरुको नामबाट देशका विभिन्न संस्था, योजना, संरचना र उपलब्धिको नामाकरण हुनु स्वाभाविक भन्ने हामी ठान्दछौँ,’ राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, यसक्रममा दशकौँदेखि नामाकरण भएर आएका संरचनाको नाम आज अचानक बदल्नु उचित होइन ।

’ नेपाल राष्ट्र निर्माण र नेपालको राष्ट्रिय एकता र राष्ट्रियताको संरक्षणमा वडा महाराजा पृथ्वी नारायण शाह, राजा महेन्द्र र बिपी कोइराला अग्रस्थानमा रहेको उल्लेख गर्दै राप्रपाले उनै राजा महेन्द्रको रानी मुमा वडामहारानीको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्न पार्कको नाम बदल्नु अनुचित रहेको बताएको छ ।

‘हाल महानगरपालिकाले रत्नपार्कको नाम बदल्ने निर्णय अविवेकी र गलत छ । हाम्रो माग छ । संखधरको नामबाट अझ भब्य साँस्कृतिक÷ऐतिहासिक संरचना बनाइयोस त्यस बखत मात्र उनिप्रति हामीले सही रुपमा सम्मान गरेको ठहरिनेछ,’ सो विज्ञप्तिमा भनिएको छ, ‘यस परिप्रेक्षमा काठमाण्डौ महानगरपालिकाको वर्तमान अविवेकी निर्णय तुरुन्त फिर्ता गरियोस् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved