बलात्कार आरोपीको घरमा आगो ,प्रदर्शनलाई नियन्त्रण गर्न २२ राउण्ड अश्रु ग्यास प्रहार, गोली लागेर तीन घाइते

  • मंसिर ९, २०७७
  • कालापानी मिडिया
alt

मुकेश यादव,महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानियहरुले प्रदर्शन गर्दा महोत्तरीमा तनाव भएको छ । स्थानीयहरु आक्रोशित भई बालिकाको शवलाई सडकमा राखेर प्रदर्शनमा उतरेका छन् । बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीबाट आइतबार साँझदेखि हराएकी ६ वर्षीय बालिका गुलाब साह खातुनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याक गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।bardibas-7-azasfgejq0

स्थानीयले बालिकाको बलात्कारपछिहत्या भएको दावी गरेपछि प्रहरीले भनेअनुसन्धानकै क्रममा रहेकाले केही बताइसकेको छैन । आक्रोशित स्थानीयहरु अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’दोषि उपर कडा कार्यवाहिको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।महोतरी जिल्ला प्रहरी कार्यालयले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । साहको बर्दिबासमा समेत ३ तले घरमा स्थानीयहरु आक्रोशित भई आगो लगाएका छन् । आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयहरुले अवरोध गरेका छन् ।bardibas-tanaab-aago-pradarshan-


स्थानीहरुको अत्यधिक भीड भएको र उनीहरुले आगो नियन्त्रण गर्न अवरोध गरेकोले अहिलेसम्म आगो नियन्त्रणमा नआएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईंले बताए ।
घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक चापागाईंले प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड आँसु ग्यास प्रहार गरिएको जानकारी दिए ।bardibas-9-nroifuj4id

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved