डीएसपी चौधरीमाथि छानविन गर्न समिति गठन

  • मंसिर ११, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । मंगलबार राति ८ घण्टासम्म सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीमाथि छानविन गर्न समिति गठन गरिएको छ।

जिल्लालाई जानकारी नै नदिएर सम्पर्कविहीन भएका चौधरीमाथि छानविन गर्न सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण गण कञ्चनपुरका प्रहरी उपरीक्षक दिलिप देउवाको संयोजकत्वमा छानविन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले एसपीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए। सिहले समितिलाई छानविन सकेर ५ दिनभित्र रायसहितको प्रतिवेदन बुझाउँने समय दिइएको बताए।

प्रहरी नायब उपरीक्षक चौधरी मंगलबार राति ९ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनी सम्पर्कविहीन भएपछि रातिदेखि नै कैलाली प्रहरीले खोजी थालेको थियो।

तर चौधरी बुधबार बिहान गोदावरी नगरपालिकाकै बुढीतोलामा सकुशल भेटिएका थिए। उनले आफू सूचना संकलनका लागि त्यहाँ पुगेको बताउँदै नेटवर्कको समस्याले सम्पर्कविहीन हुन पुगेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved