त्रिशुलिमा भ्यान खस्यो, भ्यानमा सवार तिन जना बेपत्ता

  • मंसिर ११, २०७७
  • कालापानी मिडिया
alt

रविना पौडेल,चितवन । त्रिशुली नदिमा आज बिहान एउटा भ्यान खसेको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी नाग्दी खोला भन्ने स्थानबाट एउटा पिकअप भ्यान खसेको हो ।

भ्यान संगै भ्यानमा सवार तिनजना बेपत्ता भएका छन् । प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको हो । भ्यानमा सवार चारजनामध्य एकजना पौडी खेलेर निस्किएका छन् । प्युठान जिल्ला निवासी बर्ष ३८ को मुकुन्द बहादुर रोक्का नदीबाट पौडी खेली बाहिर निस्किएको प्रहरीले जनाएको छ । उनिसंगै भ्यानमा सवार उनको श्रीमति, छोरी र भ्यानको चालक बेपत्ता भएका छन् ।

प्युठान जिल्ला झिम्रुक गाउँपालिका १ बस्ने भ्यान चालक बर्ष २३ को सुर्य के.सी, सोही स्थान निवासी बर्ष ३३ की जमुना रोक्का र बर्ष १५ की जिनिसा रोक्का बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । बेपत्ताहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved