राजपामा राष्ट्रिय सभा सदस्य बन्न दर्जन नेताको दाबी

  • पुस ८, २०७६
  • कालापानी मिडिया
alt

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा राष्ट्रिय सभाको सदस्य बन्नका लागि दौडधुप चलेको छ । रिक्त दुई सदस्यका लागि राजपा भित्र एक दर्जन नेताहरुले आकांक्षा राखेका छन् । यी मध्ये कतिपयले नेतृत्वसँग आफ्नो दाबी समेत प्रस्तुत गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०सँग दुई बुँदे सहमति गर्दै राष्टिय सभा समितिमा नयाँ समिकरण बनाएको राजपाले प्रदेश नम्बर २ बाट दुई राष्ट्रिय सभा सदस्य जित्ने पक्कापक्की भएको छ । यससँगै राजपा भित्र राष्ट्रिय सभा सदस्य बन्नका लागि धेरैले आकांक्षा गरेका छन् ।
राजपाबाट राष्ट्रिय सभा सदस्य बनेका वृषेशचन्द लाल र रमेश यादवको पदावधि सकिएपछि आसन्न राष्ट्रिय सभाको निर्वाचनमा पार्टीका तर्फबाट कसलाई पठाउने भन्ने बारे आन्तरिक छलफलमा राजपा जुटेको बताइन्छ । त्यसोत लाल र यादवले आफूहरुलाई पुनः दोहोर्याउनु पर्ने माग राख्दै दवाव बढाएका छन् ।
लाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर मानिन्छन् भने यादव अर्का सदस्य महेन्द्र राय यादव निकट छन् ।
राष्ट्रियसभा सदस्यमा राजपाले पाउने दुई सिटमा पार्टी महासचिव केशव झा, राजिव झा, अकवाल अहमद, सुरेन्द्र झा, दिनेश साह, विभा ठाकुर, डा।विजय सिंह, विजय गुप्ता, सर्वेन्द्रनाथ शुक्ला, नरसिंह चौधरी, मनोज चौधरी, कृष्णा सिंहलगायतका आकांक्षी देखिएका छन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved